HomeBest Health Blogsहड्डीको क्षयरोग समयमै पहिचान र उपचार गरे ठिक हुन्छ ।

हड्डीको क्षयरोग समयमै पहिचान र उपचार गरे ठिक हुन्छ ।

विश्वमा हरेका वर्ष १० लाख नयाँ क्षयरोग (टीबी) लागेको तथाङक छ जस मध्ये १० देखि २० प्रतिशत हड्डी संग सम्बन्धित क्षयरोग रहेको छ । हड्डीसंग सम्बन्धित क्षयरोगमा मेरुडण्डमा सबैभन्दा बढी संक्रमित हुने गर्दछ भने हिप, घुँडा र टाउको, खुट्टा आदीमा पनि देखिन्छ । हड्डीको क्षयरोगको जटिलता कारण, समयमै यसको पहिचान र यसको विशेष गर्नु पर्ने भएकोले यसलाई ध्यान दिनु जरुरी हुन्छ । हड्डीको क्षयरोगवारे जानौ र बुझौं ।

क्षयरोग के हो ?

विश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा बर्षेनी करिब पाँच देखि ७ हजार मानिसको मृत्यु क्षयरोगको कराणले हुने गर्छ । क्षयरोग वा टिबी विश्वभर फैलिएको संक्रामक रोग कुनैबेला खतरनाक मानिन्थ्यो भने अहिले क्षयरोग त्यति भयावह छैन । माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस  नामको ब्याक्टेरियाको कारणले क्षयरोग लाग्दछ ।

साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागहरूमा पनि असर पुर्याउन सक्छ । यो रोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने उसले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्ने गर्दछ । यो रोग लागेपछि मानिसको तौल घट्दै जाने हुनाले यसलाई पहिले अङ्ग्रेजीमा कन्जम्प्सन रोग (Consumption Disease) पनि भनिएको हो र त्यसकै समानार्थी शब्दको रूपमा नेपालीमा यो रोगलाई क्षयरोग राखिएको हो ।

हड्डीको क्षयरोग के हो ?

मुख्यतया क्षयरोगले प्रमुख रुपमा फोक्सोलाई असर गर्दछ, जसलाइ छातीमा देखिने क्षयरोग Primary Tuberculosis भनिन्छ भने केहि अवस्थाहरूमा यो शरीरको अन्य भागहरूमा फैलिन सक्छ । जव यो क्षयरोग शरीरको अन्य ठाउमा फैलिन्छ, यसलाई छाति बाहिर देखिने क्षयरोग अर्थात Extra Pulmonary Tuberculosis भनिन्छ । पेट, छातिको झिल्ली  मुटुको झिल्ली , लिम्फ ग्रन्थी , मृगौला, हड्डीहरुमा हुने क्षयरोग Extra Pulmonary Tuberculosis हुन ।

what is bone tb
हड्डीको क्षयरोग के हो ?

विभिन्न किसिमका क्षयराेगहरु मध्य हड्डीको क्षयरोग Secondary Tuberculosis हो । जब फोक्सोमा क्षयरोगका किटाणुको संक्रमण हुन्छ र शरीरको विशेष गरि रगतको माध्यम वा अन्य माध्यमवाट हड्डीको संक्रमण हुनेलाई हड्डीको क्षयरोग ( Bone Tuberculosis) भनेर बुझिन्छ । यो छाति बाहिर देखिने क्षयरोग EPTB लाई संयुक्त क्षयरोग पनि भनिन्छ । नेपालमा EPTB ३० प्रतिशत रहेको छ भने विश्वमा छाति बाहिर देखिने क्षयरोग EPTV को १० देखि ३५ प्रतिशत हड्डीको क्षयरोग पाइएको छ |

हड्डीको क्षयरोग हाम्रो शरीरमा भएका लगभग सम्पूर्ण हड्डीहरुमा जस्तै मेरुदण्ड, लामो हड्डी प्रमुख रुपमा हुन्छन । त्यसैगरि हड्डीवाट बनेका प्रायजसो जोर्नीहरूमा पनि यसको संक्रमण हुने गर्दछ । जोर्नीहरुमा मेरुदण्ड , हिप काँध, ,कुहिना  नाडी, घुँडा  लगायत हात खुट्टा  समेतमा क्षयरोगको किटणुले संक्रमण गर्न सक्छ ।

यीनीहरु मध्ये मेरुदण्डको हड्डी र जोर्नीमा सबैभन्दा बढी संक्रमण भएको पाइएको छ । तसर्थ, यदि तपाईंसँग हड्डी क्षयरोग छ भने, मेरुदण्डको क्षयरोग हुने सम्भावना बढी हुन्छ र यस लाइ मेडिकल भाषामा Pott’s Disease पनि भनिन्छ ।

छातीमा देखिने क्षयरोग प्रमुख रुपमा रहेको छ भने छाति बाहिर देखिने क्षयरोगहहरु कममात्रामा रहेतापनि यसको उपचार चाँदै गरिएन भने यस्को जटिलताहहरु धेरै उत्पन्न भइ उपचारमा कठिन हुनेमात्र नभइ मृत्यु समेत हुने गर्दछ ।  सोही कारणले यस्ता किसिमका क्षयरोगलाई अझ प्रमुखको रुपमा ध्यान दिन अत्यन्त जरुरी हुन्छ ।

हड्डीको क्षयरोग कसरी हुन्छ ?

सामान्यतया भन्नुपर्दा हड्डीमा हुने क्षयरोगको किटाणुको संक्रमण शुरुकाे अबस्थामा देखिन्न । फोक्सोको संक्रमणका ब्याक्टेरियाहरु थाहा नै नभइ हड्डीमा  फैलीएकाे  हुन्छ । शुरुमा क्षयरोगका किटाणुले फोक्सोमा संक्रमण गर्छ र पछि यो किटाणु रगत एवं लिम्प गं्रथी वा नलीको माध्यमबाट हड्डी, मेरुदण्ड तथा जोर्नीहरूमा पैmलिन्छ र त्यहाँ संक्रमण हुन्छ ।

यसको संक्रमण मेरुडण्डको हड्डी लगायत हात खुटाको लामो हड्डी र जोर्नीहरुमा प्रमुख रुपमा हुन्छ किनभने ती हड्डीहरुमा रगत संचारको मात्रा वढी हुने गर्दछ ।

हड्डीको क्षयरोग अपेक्षाकृत विरलै छ तर गत केही दशकहरूमा एड्सको फैलावटको कारण पनि आंशिक रूपमा विकासोन्मुख राष्ट्रहरूमा यस रोगको प्रकोप बढेको छ । रोग दुर्लभ भए पनि, हड्डीको क्षयरोग लागिसकेपछि यसको पुर्ण निदान गर्न गाह्रो छ र यदि उपचार समयमा नै नगरिएमा यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

हड्डीको क्षयरोग पत्ता लगाउन किन गारो हुन्छ ?

हड्डीको क्षयरोग पत्ता लगाउन छातीको क्षयरोग जस्तो त्यति सजिलो भने हुन्न । जसरी छाती वा फोक्सोको क्षयरोगमा विभिन्न लक्षणहरु देखा पर्दछ, हड्डीको क्षयरोगलाग्दा शुरुमा लक्षणहरु देखा पर्दैन । यो जीव निस्क्रिय रुपमा रहेको हुन्छ र जव किटाणुको मात्र भित्र भित्रै बढछ अनि मात्र संक्रमणको लक्षण देखाउन थाल्छ । संक्रमणको लक्षण बर्षौ सम्म पनि नदेखिने हुन सक्दछ ।

जब हड्डी वा जोर्नीको क्षयरोगका लक्षणहरु देखा पर्छ तब विभिन्न समस्या एवं जटिलताहरु देखि सकेको हुन्छ । जसमा उपचार गर्न बहुत मुस्किलमात्र नभई उपचार गर्न नसक्ने अवस्थाहरुपनि उत्पन्न भै सकेको हुन्छ । यस्तो अवस्थामा सक्रियरुपमा उपचार गर्नु पर्ने हुन्छ जसमा क्षयरोगको औषधी लगायत शल्यक्रिया समेत गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा रोगलाई निको पारे पनि हड्डी , जोर्नी एवं नसा विग्रिएर विरामी अपागं हुने गर्दछ ।

मेरुदण्डको हड्डीमा बढी खतरा

हड्डीको क्षयरोगमध्ये मेरुदण्डको हड्डीमा संक्रमण ५० प्रतिशत भन्दा वढी रहेको छ । माथि भनिएजस्तै मेरुडण्डको हड्डी रगत संचारको मात्रा वढी हुनेकारणले यसमा क्षयरोगको संक्रमण छिटो हुन्छ । यसमा संक्रमण भयो भने यसलाई बढी खतरा हुन्छ र यदि मेरुदण्डको क्षयरोग ठीक समयमा पत्ता लागेन र सही समयमा उपचार गरिएन भने यसलेको गम्भीर रुप लिनुका साथै जटिल समस्याहरु उत्पन्न हुन्छ ।

मेरुडण्डको हड्डीमा संक्रमण भएपछि एक हड्डीवाट अर्को हड्डीमा सजिलै फैलिन्छ , जसको कारण ती हड्डीहरू कमजोर हुन थाल्छ र तिनीहरू विच कुशन गर्ने डिस्कहरू बिग्रन्छन । अनि मेरुदण्ड पूर्ण रूपमा बिग्रिन्छ र मेरुदण्ड र त्यस्का वरपरका नसाहरुमा थिच्ने९ऋयmउचभककष्यल० हुन्छ। जसले गर्दा शरीरको तल्लो भागको पूर्ण रुपमा पक्षाघात पनि हुनसक्छ । त्यतिमात्र नभई गम्भीर अवस्थामा, सो संक्रमण बढदै गई दिमागमा समेत पुगेर टीवी मेनिग्जाइटिस समेत भई विरामीको पक्षघात एर्व मृत्यु समेत हुने गर्दछ ।

कस्ता व्यक्तिलाई हड्डीको क्षरोग लाग्ने संभावना हुन्छ ?

क्षयरोगका किटाणु जो सुकैको शरीरमा रहेको हुन्छ । विशेषगरी, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई यसले सजिलै आक्रमण गर्न गर्ने हुन्छ ।
गलत खानपान लगायतका कारण पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा क्षयरोगका व्याक्टेरियाले शरीरमा सजिलै संक्रमण गर्ने गर्छ । शरीरमा पोषणाको कमीहुनु, कुपोषण भएका ब्यतिmहरु,साथै सन्तुलित आहार नखाने ब्यक्तिहरुलाई यो रोगको संक्रमण वढी हुने गर्छ ।

बद्लिदो जीवनशैली तथा गलत खानपानका कारण पनि अहिले नेपाली समाजमा क्षयरोग रोग ठूलो चुनौतीको रुपमा देखा परेको छ
साधारणतया यो रोग सबै उमेरकालाइ हुन सक्छ तर विभिन्न खोज र अनुसन्धानका आधारमा यो रोगकका सम्भावना धेरै जसो ५ वर्ष दखि १५ वर्ष सम्मका बच्चाहरु र ३५ देखि ५० बर्षका मानिसहरुलाई वढी संक्रमण देखाएको छ ।

त्यसैगरि पहिलो पल्ट क्षयरोग भएका ब्यक्ति भएमा पनि पुनः यो रोगको संक्रमणहुन सक्ने संभावना बढि रहन्छ र परिवार साथीभाइमा अरु कसैमा क्षयरोग छ भने पनि सम्बन्धित व्यक्तिहरुमा पनि संक्रमण हुने जोखिम वढी रहेको हुन्छ । त्यसैले, यसलाई नियन्त्रण गर्नको लागि समयमै रोगको पहिचान आवश्यक छ ।

हड्डीको क्षयरोगका लक्षणहरु कसरी थाहा पाउने ?

लामो अवधिको खोकी लाग्नु खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु आदि सकृय क्षयरोगका लक्षणहरू हुन भने हड्डीको क्षयरोगमा पनि यी लक्षणहरु देखिन पनि सक्छ र नदेखिन पनि सक्छ । समान्यतया यसमा मन्द ज्वरो आउनु, थकान हुनु, राति राति पसीना आउनु र अकल्पनीय वजन घटनु हड्डी क्षयरोगको लक्षण हो । यसको प्रारम्भिक लक्षणहरू स्पष्ट हुनको लागी वर्षौं लाग्न सक्छ र यी वाहेक पनि हड्डीको क्षयरोग भएका विरामीहरुलाई निम्न लक्षहरु देखिने हुन सक्छ ।

  • हड्डीको एक बिन्दुमा असहनीय पीडा हुन्छ
  •  जोर्नी दुख्ने हुन्छ
  •  बिस्तारै बिरामीको शरीरको बस्ने आसन विग्रन सक्छ
  • हिड्ने तरिका र चाल बिग्रन थाल्छ
  • शररि कुप्रो पर्दै जान्छ
  • सम्बन्धित हड्डीहरू सुन्निने हुन्छ
  • हड्डी र त्यस्को वरपर धेरै दुखाई हुन्छ
  • जोनीको क्षयरोगमा रातीको समयमा वढी पीडाको महसुस हुन्छ
  • मेरुदण्डको क्षयरोगमा ढाडमा असहनीय दुखाइ हुन्छ
  • गम्भीर अवस्थामा हात र खुट्टा कमजोरी हुन्छ
  • हात र खुट्टा झमझमाउने हुन्छ

हड्डीको क्षयरोगको पहिचान कसरी गरिन्छ ?

सक्रिय क्षयरोगको पहिचान गर्न साधारणतया छातिको एक्सरे, सुक्ष्म परीक्षण तथा शरीरका तरल पदार्थहरूको सुक्ष्मजैविक अनुसन्धान (माइक्रोबायोलोजिकल कल्चर)वाट गर्ने गरिन्छ। त्यस्तै ट्युबरकुलिन स्किन टेस्ट (टिएसटी) र रगत परीक्षण गरेर निष्कृय क्षयरोगको पहिचान गरिन्छ ।

हड्डी तथा जोर्नीको क्षयरोग पहिचान गर्न त्यति सजिलो हुन्न । यसमा क्षयरोगका प्रारम्भिक जाँचमात्र भएर पुग्दैन, यसको पहिचानको लागि विशेष जाँचहरु आवश्यक हुन्छ । रगतको विशेष जाँच लगायत शल्यक्रया समेत गरि पीपको जाँच, हड्डीएवं मासुको जाँचहरु समेत गर्नु पर्ने हुन्छ । तल उल्लेखित विभिन्न माध्यमहरुवाट यसको पहिचान गरिन्छ ।

  •  छतीको एक्सरे
  • खकार जाँच
  • प्रतिरोधात्मक क्षमता जाँच गर्ने
  •  रगत कल्चर गर्ने
  • पीपको जाँच र कल्चर गर्ने
  • हड्डीको वरपरको मासुको जाँच गर्ने
  • हड्डी टुक्राको जाँच (बायोस्पी)
  • एम आर आई गर्ने
  • सीटि स्क्यान गर्ने
  •  रेडियो न्यूक्लाइड स्क्यान र बोन स्क्यान
  • पीसीआर जाँच
  • जीन एक्सपर्ट जाँच

हड्डीका क्षयरोगमा निदानकालागि ध्यान दिनु पर्ने कुराहरु

  • क्षयरोग विश्वव्यापी रूपमा मृत्युको शीर्ष १० कारणहरूमध्ये एक हो र सो रोग चाँडै पत्ता लगाइयो भने सामान्य रुपमा सहजै उपचार गर्न सकिन्छ ।
  • हड्डीका क्षयरोग लक्षणहरु देखा परेमा सकेसम्म छिटो प्रारम्भिक जाँच एवं सो रोगको समयमै पहिचान गरि सहि उपचार र व्यवस्थापन गर्नु पर्छ ।
  • हड्डी र मेरुदण्ड क्षयरोगको उपचारमा संक्रमणको गम्भिरताको कारण फोक्सो वा छातिको क्षयरोगमा भन्दा वढी समय लाग्छ ।
  • सामान्यतया हड्डी क्षयरोगको उपचारमा एक वर्ष लाग्छ र मेरुडण्डको क्षयरोगमा औषधीको उपचारमात्र नभई फिजियोथेरापी पनि गर्नु पर्ने आवश्यक हुने भएको ले अझ वढी समय लाग्ने हुन्छ । त्यस्ता बिरामीहरूलाई औषधीको कोर्स पूरा गर्नु एकदम महत्त्वपूर्ण छ ।
  • लामो अवधिसम्म धेरै थरीका एन्टिबायोटिक औषधिको प्रयोग गरिने हुनाले यो रोगको उपचार केही झन्झटिलो छ ।
  • क्षयरागको ओषधीलाई बीचैमा छोडने र समयमै नखाने जस्ता कारणले पनि मल्टिपल ड्रग–रेजिस्ट्यान्ट ट्युबरक्युलोसिस (एमडिआर टिबी) संक्रमणमा एन्टिबायोटिक प्रतिरोधको खतरा बढ्दै गएको छ । त्यसैले यो औषधी कहिले पनि बीचमा छोड्नुहुन्न । सम्बन्धित चिकित्सको सल्लाह बमोजिम यसको सहि उपचार गर्नु पर्दछ ।
  • नेपालमा क्षयरोगीहरुलाई मध्यनजर गर्दै नेपाल सरकारले क्षयरोगीहरुलाई निशुल्क औषधी वितरण गर्दै आएको छ जबकी प्रारम्भिक अवस्थामै रोगको पहिचान भएको खण्डमा अस्पतालहरुबाट यस रोगको उपचार सहज हुने र पुर्णरुपमा निको पार्न सकिन्स
  • समयमा नै औषधी सुरु गर्दा करिब दुई हप्ताबाट यो रोग अरुलाई सर्ने जोखिम समेत कम हुने गर्छ
  • राम्रा्े आराम गर्ने , राम्रो खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने, औषधि पुर्ण रुपमा नियमित सेवन गर्ने, आवश्यक शल्यक्रिया गर्ने र सही फिजियोथेरापी उपचार गर्नाले हड्डी क्षयरोगको सामान्य जीवनमा फर्कन मद्दत गर्दछ ।

— डा.सरोज कुमार सुवाल
हाडजोर्नी तथा नसा विशेषज्ञ
मध्यपुर अस्पताल, भक्तपुर

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments