HomeNepali Health Blogsजाडोमा घुँडाको दुखाई र यस्का  बच्ने उपायहरु

जाडोमा घुँडाको दुखाई र यस्का  बच्ने उपायहरु

घुँडा दुख्ने समस्या प्राय गरि सबै उमेर समूहमा देखिने समस्या भएतापनि धेरुै जसो पाको उमेरका मानिसहरुमा हुने एक स्वास्थ्य समस्या हो । यो दुखइ उमेरसँगै बढ्दै जान्छ ।

विभिन्न कारणहरु मध्येपनि पाको उमेरका व्यक्तिहरुमा घुडा दुख्ने र कतिपयको जोर्नीको दुखाइको समस्या अझ बढी हुन्छ  । चिसोमा दुखाइ बढ्ने भएकोले जोर्नी दुख्ने विशेषगरि घुडा दुख्ने विरामीहरुलाई चिसोको समय नआइदिए जस्तो लाग्दछ।

घुँडाको दुखाइ कारणहरुमा चोटपटक (हड्डी फुट्नु, लिगामेण्ट र मेनिस्कस च्यातिनु अथवा सामान्य मांसपेशी च्यातिनु), हड्डी खीइनु, बाथ रोग, संक्रमणका हुन ।

जाडोमा किन घुडाको दुखाइ बढ्छ ?

चिसो मौसममा बाहिरी तापमानको कमीका कारण जोर्नीहरूको नसा संकुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ  अनि जोर्नीहरु दुख्ने समस्या बढ्छ ।

त्यसैगरि जाडोको चिसो मौसममा हाम्रो मुटुको वरिपरि रगतको तापमान कायम हुनु पर्छ । त्यहाको तापमान सही भएन भने हाम्रो शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ। जसकारण छिटो घुडा खिइने समस्या समेतला बढावा दिन्छ । मेडिकल भाषामा यस्तो समस्यालाई गठिया ‘आर्थराइटिस’  भनिन्छ ।

हम्रो शरीरमा उमेरका कारण ३० बर्षमा हडी खिइन शुरु हुने गर्छ भने गठिया सामान्यतया ४० वर्षभन्दा माथिका मानिसलाई प्राय देखिन्छ । त्यस्तैगरि यो समस्या विशेषगरी महिलाहरुमा र त्यसमा पनि बढी मोटो महिलाहरु, धेरै उकालो ओरालो वा भ¥याड तलमाथी गर्नेमा बढी प्रभावित हुनेगर्छन्। हाम्रो शरीरको पुर्ण भार घुँडामा पर्ने भएकाले पनि गठियाको समस्या उत्पन्न हुन्छ र यसले जोर्नीका साथसाथै अन्य अंगमा पनि असर गर्छ।

उमेरको बधावा संगै हड्डीबाट क्याल्सियम र अन्य खनिज पदार्थहरुको आपूर्तिमा कमी हुँदै जाने, जोर्नीमा रहेको चिल्लो पानी सुक्ने समस्याका कारण पनि जोर्नीहरुमा दुखाइ बढ्छ।

घुडाको दुखाइवाट बच्ने ६ उपायहरु

हामा्रे दैनिक जीवनका विभिन्न क्रियाकलापहरुले पनि घुडा दुख्ने समस्यामा जोड दिन्छ  । घुडाको दुखाइवाट बच्न निम्न 6 कुराकरुमा ध्यान पुराउनु पर्छ

 

१. क्याल्सीयम तथा खनीज पदार्थ भएका पौष्टिक खानेकुराहरु खाने

जोर्नीलाई स्वस्थ राख्न  क्याल्सीयम तथा खनीज पदार्थ भएका पौष्टिक खानेकुराहरु सन्तुलितको रुपमा खानु पर्छ र नियमित व्यायम तथा आसनहरु गरी राखेमा यो समस्याबाट मुक्ति पाउन सकिन्छ।

२. लामो समयसम्म एउटै आसनमा नबस्ने

लामो समयसम्म एउटै आसनमा बस्ने वानीले गर्दा घुडा तथा जोर्नीहरु पनि दुख्ने हुन्छ र यसलाई स्वस्थ्य राख्न यी कुरारुलाइ ध्यान दिन जरुरी हुन्छ । लामो समयसम्म एउटै आसनमा बस्नु हुँदैन। हरेक आधा घण्टा वा एक घण्टाको फरकमा हिँडडुल गर्नुपर्छ।

३. नियमित व्यायम गर्ने

नियमित व्यायमले घुडा तथा त्यसका वरपरका तन्तु तथा लिगामेन्टहरुलाई स्वस्थ राख्दछ । घुडाको व्यायमकोलागि उपयुर्तm फिजियोथेपीस्टवाट सिकेर जोर्नी बलियो बनाउने व्यायम नियमित गरिराख्नु पर्दछ ।गलत व्यायमहरु भएमा दुखाई अझ बढ्ने हुन सक्छ ।

४. अग्लो हिल जुत्ता नलागाउने

महिलाहरुले अग्लो हिल जुत्ता लगाउनु हुँदैन । लामो समयसम्म यस्तो जुत्ताका कारणले जोर्नीका मासपेशी कमजोर हुने साथै जोर्नीमा समेत असर गर्ने हुन्छ । यसले घुडा तथा जोर्नीको दुखाइमात्र नभइ कम्मर दुख्ने समस्या समेत हुन्छ ।

५. घुडा धेरै भन्दा धेरै प्रयोग हुने काम नगर्ने

घुडाको जोर्नीलाइ धेरै प्रयोग हुने कामहरु सकेसम्म कम गर्नाले खिइन बचाउन साथै दुखाइवाट बच्न सकिन्छ । भारी सामानहरु उठाउने, भ¥याग तलमाथि गर्ने, नमिलेका खाल्डाखुल्डी भएका बाटाहरुमा हिड्ने कम ग¥यो भने घुडालाई भार कम पर्दछ र दुखाइवाट बच्न सकिन्छ ।

६. आवश्यक उपचार तथा परामर्श लिने

घुडाको सामान्य दुखाईमा औषधि, फिजियोथेरापी, नी ब्रेस ९प्लभभ द्यचबअभ० आदिको प्रयोगबाट कम र निको गर्न सकिन्छ भने अत्याधिक हुने दुखाई र लामो समय सम्म रहिरहने दुखाईका लागि थप जाँच र आवश्यक हाडजोनी तथा नसारोग बिशेषज्ञ परामर्श लिनु पर्दछ ।

अन्तमा, जाडोमा घुडा दुख्ने समस्या भएमा सम्बन्धि चिकित्सको परामर्श लिइ माथि उल्लेखित बुुदाँहरुमा ख्याल ग¥यौ भने घुडा दुख्ने समस्यावाट मुक्त हुन सक्छौ ।

 

डा.सरोज कुमार सुवाल, हाडजोर्नी तथा नसारोग विशेषज्ञ, मध्यपुर अस्पताल

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments