HomeBest Health Blogsडेङ्गुवाट कसरी बच्ने

डेङ्गुवाट कसरी बच्ने [ how to prevent from dengue]

डेङ्गु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक तीब्र सङ्क्रामक रोग हो । यसलाइ डेङ्गु ज्वरो पनि भनिन्छ । डेङ्गु राेग भाइरसबाट सङ्क्रमित भएको एडिस लामखुट्टेका कारण  यो रोग सर्छ ।

याे डेङ्गु  दोस्रो विश्वयुद्धको समयदेखि नै विश्वव्यापी रूपमा समस्या  रहेकाे हाल यो रोग विश्वका ११० देशमा व्याप्त छ । प्रत्येक वर्ष  करिब ५ करोडदेखि ५ करोड २८ लाख मानिसमा देखिएकाे छ भने जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।

‌यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टका कारणले सर्ने गरेको तथ्य बीसौँ शताब्दीमै पत्ता लागेको थियो ।

के हा डेङ्गु भाइरस  – Is Dengue Virus ?

डेङ्गु एडिस एजिप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइसल सङ्क्रमण हो भने  यो भाइरस चार प्रकारका छन् जुन  डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ रहेका छन ।

prevention from dengue
prevention from dengue

यी  चार मध्ये कुनै एकको सङ्क्रमण भएमा हाम्रो शरीरले जीवनभरीका लागि त्यस प्रजातिको भाइरसविरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसविरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ ।

डेङ्गु कसरी सर्छ [Cause of the Dengue Fever]

यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । सामान्य रुपमा डेङ्गु सार्ने लाम्खुट्टेले दिउँसो टोक्छ भनिए पनि नयाँ अध्ययनहरुले घाम उदाएको २-३ घन्टा पछी र गोधुली बेला बिहान ४ बजे देखि ६ बजे र साँझ ४ देखि ६ बजे यी लाम्खुट्टेले वढी टोक्ने गरेको तथ्य छ।

यो प्राजतिका लाम्खुट्टेले डेङ्गुले ग्रस्त मानिस, जीव, जन्तु, चराहरुलाई टोकेर स्वस्थ्य व्यक्तिलाई टोक्दा यो रोग सर्ने गर्दछ ।  सबै उमेरसमुहका मानिसहरुलाई डेङ्गु सर्ने भएता पनि बढीजसो नाबालक र स-साना केटाकेटीमा रोग धेरैलागेको पाइएको छ।

डेङ्गु सार्ने एडिस लामखुट्टे [Mosquito for dengue]

एडिज लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ । कालो अनि सेतो मिसिएको खुट्टा र जिउ भएको सानो अनि छिट्टो टोकेर उडि हाल्ने यो लामखुट्टे करिब १००मिटरको दुरिसम्म उडेर टोक्ने गर्छ .

औँलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने एडिस  लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

खासगरी वर्षाको पानी जम्ने ठाउहरु; जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा मात्र नभइ यसले  जमेको स्थीर पानी, ओसिलो भित्ता यहाँ सम्म कि पुराना चक्काहरुमा रहेको एक अञ्जुली पानीमा पनि उस्ले फुल पार्छ । पछि ती फुल लार्भा हुँदै वयस्क भए पछी पुनः रगत चुस्ने सिकारमा निस्किन्छन्।

शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे (mosquito for dengue) ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ

 

डेङ्गुका लक्षणहरु [ Dengue Symptoms ]

सामान्यतः डेङ्गु भाइरसको सङ्क्रमण भएका मानिसमा करिब ८० प्रतिशतमा रोगको कुनै लक्षण देखिँदैनन् वा देखिए पनि खाली हल्का ज्वरो अ‍ाउने जस्ता सामान्य खालका लक्षण मात्र देखिन्छ ।

सङ्क्रमित मध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिस यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्छन् ।

सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण छिप्पिन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ र यसका लक्षणहरू यही समय र त्यस पश्तचात देखिन थाल्छन ।

dengue symptoms
dengue symptoms

सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखापर्छ । डेङ्गुको पहिचानका लागि मुख्य लक्षण अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

प्रायजसो बालबालिकाहरुमा डेङ्गुको सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन् । त्यस्तै बालबालिकामा विभिन्न जटिलता देखापर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ ।

डेङ्गु रेगका तीन चरणहरु (Dengue Fever Stages)

यो डेङ्गु रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ,

  1. लक्षण सुरु हुने अवस्था – फेब्राइल (Febrile Stage )
  2. गम्भीर अवस्था – क्रिटिकल ( Critical Stage )
  3. निको हुने अवस्था – रिकभरी ( Recovery Stage )

लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने अनि शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् । यो अवस्था प्रायजसो दुई दिनदेखि सात दिनसम्म रहने गर्छ । साथै वाकवाकी लाग्ने तथा वान्ता हुने पनि हुन सक्छ ।

डेङ्गुको सङ्क्रमण भएकामध्ये ५०–८० प्रतिशत बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो भइ पछि दादुरा लागेको जस्तो स–साना फोकाहरू देखा पर्छन् ।

रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्छ ।  यो अवस्थामा शरीरमा हुने कोसिकाहरू फुटेर छालामा ससाना थोप्ला देखापर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखापर्छन् ।

डेङ्गी ज्वरोका लक्षणहरुका बावजुद यसका बिकसित रुपबारे सचेतहुनु पर्छ । जसमा हेमोरेजिक फिभर र डेङ्गु सक सिन्ड्रोम पर्दछ ।

केही बिरामीमा यो रोग डेङ्गी हेमोरेजिक फिभर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ। यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ ।

डेङ्गुको अर्को विकसित रूप  डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । यी दुबै अवस्थामा बिरामीका ज्यान समेत जाने हुन्छ ।

डेङ्गुका जाँचहरु [ Dengue Tests]

डेङ्गुको पहिचाको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन् ।सधारणतया रगतमा प्लेटलेटको मात्रा कम देखिने हुन्छ । त्यस्तैगिर बिषेशरुपमा यस्ता बिरामीको रगतमा डेङ्गुको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी पत्ता लगाउने गरिन्छ ।

डेङ्गुबाट बच्ने उपायहरु [how to prevent from dengue]

डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु नै यस रोगको बचावटको मुख्य उपाय हो।

how to prevent from dengue

लामखुट्टेको टोकाइबाट बच्न शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । लामखुट्टेले (mosquito for dengue)दिउँसो टोक्ने हुँदा सो समयमा थप सचेत हुने र दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ ।

सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्त हुन्छ ।

लामखुट्टेको वृद्धि रोक्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्न बिशेषगरी मानिसको बसोवास क्षेत्रमा घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नुपर्छ र जम्न सक्ने भाडाहरू जस्तै गमला फुलदान खाली बट्टा अलकत्र वा मट्टीतेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायहरूमा पानी जम्न नदिने ।

काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।

जमेको पानीलाई ढाकेर राख्ने र पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । त्यस्ता जमेका  पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने

 

उपचार [dengue disease treatment]

स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी (medicine for dengue) सेवन नगर्ने र स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने गर्नु पर्छ ।

भर्खरै देखा परेको मन्द वा मध्यम खालेको डेङ्गु छ भने मुखबाट वा नसाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ ।

गम्भीर खालको डेङ्गुको उपचार गर्न बिरामीलाई रगत दि पर्ने आवश्यक हुन्छ ।

घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक दुखाइ कम गर्ने इबुप्रोफिन र एस्प्रिन जस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।

डेङ्गु ज्वरोको शङ्का लागेमा हुन सक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ र अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।

 

समायाेजन तथा लेखक [Author]: सृजना काेजू (Srijana Koju)

 

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments