दशै तिहारमा युरिक एसिड बढ्ने सम्भावना हुन्छ । दशै तिहारकाे समयमा खानेकुरा धेरै हुने र साे समयमा धेरै पाेटिनयुत्त खाना लगायत अनियन्त्रित खानपानको कारणले युरिक एसिडहुने र बढ्ने सम्भावना बढि रहन्छ । जानाै यसकाे बारे र यसलाइ कसरि नियन्त्रण गर्ने भनेर ।
के हेा युरिक एसिड ?
युरिक एसिड हाम्राे शरीरमा थोरै मात्रामा हुन्छ र विशेषागरी याे रगतमा रहेकाे हुन्छ र मिर्गौलाले पिसाबकाे माधमबाट बाहिर निष्कासन गर्छ । जब शरीरमा उत्पादन भइरहेको युरिक एसिड मिर्गौलाले राम्ररी फाल्न सक्दैन तब रगतमा युरिक एसिड बढेर जान्छ । यो पछी जोर्नी र तन्तुहरुमा धेरैजसो युरिक एसिडले खुट्टाको बूढी औंलामा असर गर्ने भइकाले क्रिस्टल बन्ने र त्यसले एकदमै दुखाइ हुने हुन्छ जम्मा हुन थाल्छ जसकारण जोर्नी दुख्ने र सुन्निने समस्या हुन्छ । समयमा नै यसकाे निराकरण भएन भने यसले अन्य धेरै समस्या पनि हुनसक्छ ।
युरिक एसिड किन बढ्छ । कारण
विभिन्न कारणले शरीरमा युरिक एसिडको मात्रा बढन सक्छ । धेरै जसाे मिर्गौलाको समस्यामा युरिक एसिड बढी हुने गर्छ । केही साधारणतया हुने युरिक एसिडवारे जानाै ।
हामीले खाएको खानेकुराबाट शरीरमा युरिक एसिड उत्पादन हुने प्रक्रियामा हुन्छ । यसलाइ मिर्गौलाबाट ‘फिल्टर’ भएर हाम्रो पिसाबमा आउने गर्छ तर मिर्गौलाको समस्यामा युरिक एसिड रामाेसग फिल्टर हुँदैन, त्यही भएर युरिक एसिड बढ्ने गर्छ ।
युरिक एसिड हुनुको अर्को मुख्य कारक भनेकाे वंशाणुगत पनी हो । परिवारकाे सदस्यहरुमा भएमानी हुने सम्भावना रहन्छ । त्यस्तै गरी केही क्यान्सरको बिरामीमा पनि युरिक एसिड बढ्ने सम्भावना हुन्छ । उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, दहि एव रक्सीको सेवन जस्ता थुप्रै कारणले पनि युरिक एसिडको मात्रामा असर पर्न सक्छ ।
धेरै प्युरिन भएका खानेकुरा रातो मासु, गाेलभेडा, काउली, बट्टामा प्याक भएको खानाखाँदा पनि शरीरमा युरिक एसिड बढेर समस्या निम्तिन सक्छ ।
युरिक एसिडका लक्षणहरु
युरिक एसिडकाे लक्षण भन्नुपर्दा एक्कासी जोर्नी दुख्ने, जोर्नी सुन्निने हुन्छ । बिशेषगरी युरिक एसिड बढाउने खाना पशचात भाेलिकाे दिनमा हुने गर्दछ । जाेर्नी रातो हुने, जोर्नी चलाउन नसकिने, मिर्गौलामा पत्थरी र बिहान उठ्ने बेलामा दुखाइ धेरै हुने आदि युरिक एसिडका लक्षण हुन सक्छन।
युरिक एसिड बढी भयो भने बुढी औंलाकाे जोर्नीमा समस्या दिने खुट्टाको असर देखिन्छ । युरिक एसिड सामान्य भन्दा बढी भयो भने जाेर्नि र तन्तुमा क्रिस्टल बन्ने र त्यसले एकदमै दुखाइ गराउने र बिगार्ने गर्दछ । यो क्रम बढ्दै जान्छ । त्यसले शरीरलाई हानि पुर्याउने र विभिन्न समस्या दिने हुन्छ समयमै उपचार गरिएन भने युरिक एसिड बढ्दै गएर शरीरको जुनसुकै स्थानमा जम्मा भएर बस्छ । कसै कसैकाे मिर्गौलामा पत्थरीको रुपमा पनि जमेर बस्छ ।
युरिक एसिड नियन्त्रणको उपायहरु
- पर्याप्त पानी सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कन्छ ।
- दूध, फलफूल, हरियो तरकारी, सलाद खानुपर्छ ।
- खानपानमा सतर्कता अपनाउनुपर्छ । प्रोटिन धेरै भएका खानेकुरा सन्तुलन मिलाएर खानु पर्दछ । प्रोटिन धेरै भएका खानेकुरा जस्तै दाल मासु, जनावरको भित्री अंग कलेजो, फोक्सो, गिदी, आन्द्रा खानै हुन्न ।
- समुन्द्री खानेकुरा लगायत समुन्द्री माछा पनि खानु हुँदैन ।
- रक्सी बियर लगायत अम्मलका चिज खानु हुँदैन । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्रा बढाउनुका साथै युरिक एसिडलाई पिसाबबाट विसर्जन हुन रोक्छ ।
- कार्बोनेटेड पेयहरूले युरिक एसिडलाई बढाउँछ । कोकाकोला, पेप्सी, स्प्राइट, फेन्टा जस्ता पेय पदार्थ पनि खानु हुँदैन ।
- मोटोपन घटाउनु उचित हुन्छ । नियमित व्यायम र योगले मोटोपन घटाउन सहयोग गर्छ । मोटोपन घटाउनु भनेको युरिक एसिडको जोखिम घटाउनु हो ।
कस्तो अवस्थामा युरिक एसिडकाे औषधि खाने ?
रगतमा युरिक एसिडको लेभल केही मात्रामा बढ्दैमा पनि औषधि खाइहाल्नुपर्छ भन्ने छैन । समय-समयमा युरिक एसिडको जाँच पनि गरिरहनुपर्छ । यसो गर्दा युरिक एसिड घटेको बढेको थाहा हुन्छ ।
अनि औषधि खानै परे समबधित चिकित्सककाे सल्लाह बमाेजिममात्र औषधिकाे सेवन गर्नु पर्छ । औषधिसँगै शारीरिक व्यायाममा ध्यान दिने,सहि खानपान, योग आदिले पनि युरिक एसिड कम हुन्छ ।